आगामी आर्थिक वर्षको बजेट सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेश केन्द्रित गर्न माग

दार्चुला । आगामी आर्थिक वर्षको बजेट सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेश पछि परेकाले ती प्रदेशमा केन्द्रित हुनुपर्ने माग गरेका छन्।

राष्ट्रियसभाका सांसदहरूले शुक्रवार बसेको राष्ट्रियसभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै राष्ट्रिय गौरवका आयोजना सहज ढंगले अघि बढ्ने गरी आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका हुन्।

उनीहरूले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै संघीय सरकारको आलोचना गरेका छन्।

सांसद नारायणदत्त भट्टले प्रदेश सरकारलाई अधिकारविहीन बनाउने काम गरिएको भन्दै संघीय सरकारको आलोचना गर्नुभयो। उहाँले घरघरमा सिंहदरबार भन्ने तर अधिकार प्रदेश सरकारलाई नदिने काम गरिएकाले जनताले सहज ढंगले राज्यको सेवा सुविधा पाउन नसकेको बताउनुभयो। सांसद भट्टले पछाडि पारिएको सुदूरपश्चिम प्रदेशको सडक सञ्जाल निर्माणमा विशेष ध्यान दिन पनि संघीय सरकारलाई दबाव दिनुभयो।

पछाडि पारिएका मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको विकासमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सांसद तुलसाकुमारी दाहालले सरकारलाई सुझाव दिनुभयो । उहाँले सरकारले राष्ट्रिय गौरव आयोजना सञ्चालन गराउने कुरालाई पनि ध्यानमा राखेर बजेट ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

सांसद गोपीबहादुर सार्की, अछामीले सर्वोच्च शिखर सगरमाथा पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण सम्पदा भएकाले सो क्षेत्रसम्म जाने गरी सडक पूर्वाधार विकास गर्न सरकारसँग माग गर्नुभयो।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?