दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाको १४ औँ जिल्ला अधिवेसन भोलि चैत ३ गते गोकुलेश्वरमा उद्घाटन हुने भएको छ ।
नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको १४ औँ जिल्ला अधिवेसन चैत ३ र ४ गते गोकुलेश्वरस्थित होटल अपिनाम्पामा आयोजना हुने अनेरास्ववियु दार्चुलाका संयोजक कृतिनिधि जोशीले जानकारी दिनुभयो । अधिवेसन उद्घाटनका लागि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल दार्चुला आउदै छन् ।
अनेरास्ववियु केन्द्रीय अध्यक्षसंगै प्रदेश इन्चार्ज, अध्यक्ष लगायत विद्यार्थी नेताहरु र एमालेका नेताहरुको आतिथ्यतामा अधिवेसन उद्घाटन गर्ने गरि तयारी भइरहेको अनेरास्ववियु दार्चुलाका नेता नरेन्द्र जोशीले बताउनुभयो ।
अधिवेसनबाट नयाँ नेतृत्व चयन हुने बताइएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।