दार्चुला । दार्चुलाको गोकुलेश्वरदेखि झरकाँडा-बोहोरीगाउँ हुँदै पनेबाँज जोड्न निर्माणाधीन सडकमा अत्यधिक वायु प्रदुषणले स्वास्थ जोखिममा रहेको गुनासो आएको छ ।
झरकाँडा सडकमा अत्यधिक वायु प्रदुषण भइरहेको स्थानीयबासी समेत रहनुभएका शैल्यशिखर नगरपालिकाका सूचना अधिकारी मनोरथ जोशीले बताउनुभयो । वायु प्रदुषणले मानव स्वास्थयमा विभिन्न प्रकारका समस्या उत्पन्न गराउछ, सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले वायु प्रदुषणकै कारण श्वासप्रश्वास सम्बन्धी संक्रमण, रुघाखोकी, निमोनिया, फोक्सो, घाँटीको क्यान्सर, एलर्जी र दीर्घकालिन खालका रोगहरुको जोखिम बढेको बताउनुभएको छ।
सडक बिस्तारका क्रममा निस्केको धुलो र धुवाँले यश भेगमा रहेका बिद्यालय र बस्तिहरु उच्च जोखिममा रहेकाे स्थानीय बासिन्दाको गुनासो छ । सडकमा पानी फालेर काम गर्दा जोखिम कम हुने भएकोले त्यसतर्फ ध्यान दिन स्थानीयले माग गरेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया