दार्चुला । बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। जिल्लको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको र उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ । घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया