
दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीको सरुवा भएको छ । सीडियो जोशीको जिल्ला प्रशासन कार्यालय कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा गरिएको हो ।
दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी आउने भएका छन् । सरकारले ११ जिल्लाका सीडियो हेरफेर गरेको छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।