दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आफैंले आक्रमण र आगजनी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

गत २४ फागुनको राति प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको भन्दै नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेका थिए । प्रहरी निवासमा आउँदा झ्यालको सिसा फुटेको र निवासभित्र आगलागी भइरहेको थियो । तर, प्रहरी अनुसन्धानमा सो घटनामा गराउन कुनै वाह्य व्यक्ति संलग्न भएको नभेटिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार घटना अधिकारी आफैंले गराएर सरकारी सम्पत्तिमा क्षति पुर्याएको भन्दै गाउँपालिकाले नै अधिकारीविरुद्ध जाहेरी दिएको छ । त्यसकै आधारमा उनलाई आइतबार नै प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो ।

उनीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको हो । घटनापछि कर्मचारीका विभिन्न संघ संगठनले आक्रमणको प्रयासको विरोध गर्दै अनुसन्धान गरेर दोषिमाथि कारवाहीको माग थिए । २०८० भदौमा अधिकारी मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।

‘आपराधिक उपद्र गरेको अभियोगमा उहाँमाथि अनुसन्धान भइरहेको छ,’ सिंहले भन्नुभयो, अहिलेसम्मको अनुसन्धानमा सो घटना गराउन त्यहाँ बाह्य व्यक्ति संलग्न भएको भेटिएको छैन । घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफू झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएको बताएका थिए । जिल्ला प्रहरी कार्यालयको टोली समेत पुगेर घटनाबारे अनुसन्धान गरेको थियो ।

तर, तथ्यले भने घटनामा अधिकारी नै संलग्न भएको भेटिएको केही स्थानीय जनप्रतिनिधिहरूको दाबी छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?