
दार्चुला । बुधबार मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा फेरि समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको यी कम्पनीमा आज पनि प्राविधिक समस्या देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रयोगकर्ताहरुले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, स्टोरी नदेखिने, सर्च नहुने तथा प्रोफाइल र कभर पिक्चर नदेखिने समस्या देखा परेको गुनासो गरेका छन् ।
यो समस्या विश्वभरिका अधिकांश प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।