
दार्चुला । दार्चुलामा करेन्ट लागेर एक महिला गम्भिर घाइते हुनुभएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर गम्भिर घाइते भएकी हुन् ।
आज शुक्रबार दिउँसो १२ बजेको समयमा घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट लागेर तितराको शरिरको अधिकांश भाग जलेको छ।
उनको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि रेफरको तयारी भइरहेको अस्पतालले जनाएको छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।