दार्चुला । दोलखामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका ५ तिनेखुका चालक २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
शुक्रबार साँझ सवा ६ बजेतिर सुरीबाट सिंगटी जाँदै गरेको लु३त ९७०३ नम्बरको ट्र्याक्टर सामेली भोर्ले भन्ने स्थानमा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका १९ वर्षीय पेम्बा तामाङको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।