दोगडाकेदारमा एक किशोरी मृत फेला

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी छन् । घरभन्दा दुई सयमिटर टाढा रहेको बाँजको रुखमा झुण्डिएको अवस्थामा महरा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

शनिबार राति उनी झुण्डिएकी र आइतबार बिहानै झुण्डिएको देखेपछि प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?