होली खेलेर मालिकार्जुन दार्चुला सेवा समितिले उठायो एक लाख ८० हजार

दार्चुला । धनगढीमा मालिकार्जुन दार्चुला सेवा समितिले होली मनाएको छ । होली खेलेर मालिकार्जुन दार्चुला सेवा समितिले एक लाख ८० हजार रुपैयाँ सङ्कलन गरेको छ। धनगढीमा समाजले चैत ९ गतेदेखि होली खेलेको थियो।

होली खेलेर समाजले एक लाख ८० हजार रुपैयाँ सङ्कलन गरेको होली संयोजक लिलाधर भट्टले बताउनुभयो। उहाँका अनुसार होलीको कार्यक्रम पूर्व उद्योग पर्यटन तथा वन मन्त्री रमेश धामीले सुरुवात गरेका थिए। यो समिति दार्चुला जिल्लाबाट धनगढी आएकाहरूले गठन गरेका हुन्।

समितिले अन्य सामाजिक कामहरूसमेत गर्दै आइरहेको होली संयोजक भट्टले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?