दार्चुला । दार्चुलाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद एबं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गहृमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताउनुभएको छ । बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सहकारी ठगी प्रकरणमा कति समातिए, कति फरार छन् । धेरै सहकारीमा राखिएको रकम अपचलन भएको छ । पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भनिएको छ । यसमा छानबिन भइरहेको छ भन्ने छ, यसको छानबिनका लागि उहाँले त्यो छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँं।’
सांसद बडूले यो व्यवस्थालाई जोगाउने अवसर पनि भएको बताउनुभयो । बडुले भन्नुभयो, ‘‘यो व्यवस्थालाई जोगाउने यो अवसर पनि हो । यसरी छानबिनलाई विश्वसनीय बनाउन सकिन्छ, विदेशमा भागेकालाई पनि रेड कर्नर नोटिस जारी गरेको भन्ने छ, त्यसमा प्रष्ट पार्न आग्रह गर्दछु ।’
बडुले गृहमन्त्रालयका ३ वटा विधेयक राज्य व्यवस्था समितिमा ल्याउनुपर्ने समेत बताउनुभयो । उहाँले प्रहरीलाई प्रदेश अन्तगर्त लैजानुपर्ने धारणा राख्नुभयो । सुन तस्करी छानबिन समितिले प्रतिबेदन बुझाइसकेको बताउँदै सो प्रतिवेदन गृहमन्त्रीले सार्वजनिक गर्छु भने पनि नभएको उहाँको भनाई छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।