आज देशभर मौसम बदली, आइतबारसम्म वर्षा जारी रहने

दार्चुला । स्थानीय वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक–दूई स्थानमा हल्का वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने महाशाखाले जनाएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम सुधार हुन अझै एकदुई दिन लाग्ने मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । उनका अनुसार आइतबारसम्मै मौसममा सुधार नहुने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?