दार्चुलाको डाडाकोटमा भिरबाट लडेर वडासचिवको मृत्यु

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटमा भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । वडाको कामकाजका लागि विहिबार पालिका आएका ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताउनुभयो ।

जानकारी आजमात्रै प्राप्त भएको भएपनि घटना हिजो बेलुकीतिरको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलको मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लालीबाट प्रहरी निरीक्षक डम्मरदत्त भट्टको कमान्डमा टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?