दार्चुलाका महत्त्वपूर्ण योजनाहरूमा बजेट सुनिश्चित गर्न भौतिक पुर्वाधार मन्त्रीसंग आग्रह

दार्चुला । दार्चुलाका महत्त्वपूर्ण योजनाहरूमा बजेट सुनिश्चित गर्न नेकपा (एमाले) पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले उपप्रधानमन्त्री एबं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेटसंग आग्रह गरेको छ ।

पूर्वमन्त्री ठगुन्ना नेतृत्वमा महाकाली करिडोर (दार्चुला-तिंकर सडक) लगायतका दार्चुलामा निर्माणाधीन महत्वपूर्ण योजना र नयाँ योजनाहरुमा प्रयाप्त बजेटको सुनिस्चितता गर्न उपप्रधान एबं भौतिक पूर्बाधार मन्त्री महासेटलाइ आग्रह गरेको हो ।

टोलीमा सहभागी एमाले दार्चुलाका निवर्तमान जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले दिएको जानकारी अनुसार दार्चुला तिंकर लगायत महत्त्वपूर्ण सडकहरू, मोटरेबल पुल लगायत पुर्वाधारमा विगतको भन्दा धेरै बजेट विनियोजन हुनुपर्ने माग गरिएकोमा मन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।

आजै सहरीविकास मन्त्रीलाई समेत भेट्ने तयारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?