सुदूरपश्चिम सरकार छाड्न नागरिक उन्मुक्ति पार्टीको निर्देशन

दार्चुला । नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता आउन नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयले प्रदेशसभा संसदीय दलका नेतालाई निर्देशन दिएको छ।

पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीको दस्तखतमा आज शुक्रवा सार्वजनिक गरिएको पत्रमा यही १४ गते टीकापुरमा बसेको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णयअनुसार सरकारबाट फिर्ता हुन निर्देशन दिएको हो।

सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीलाई सम्बोधन गरिएको सो पत्रमा समर्थन फिर्ता नलिए पार्टीको विधान आकर्षित हुने चेतावनी दिइएको छ।

केन्द्रीय कार्यालयको पत्र सार्वजनिक भएसँगै पार्टीका केन्द्रीय संस्थापक सदस्य लक्ष्यबहादुर चौधरी र प्रदेशका मन्त्री लक्ष्मणकिशोर चौधरीले एक विज्ञप्तिमार्फत् टीकापुरको बैठकमा भएको निर्णयप्रति आफूहरुको समर्थन नरहेको घोषणा गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?