दार्चुला । आज मिति २०८० साल चैत १७ गतेको तपाईको राशिफल हेर्नुहोस् ।

मेष
यात्रामा बिघ्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी पनि हुन सक्नेछ अतः आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेकोछ । सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।

वृष
वृष राशिलाई आजबाट नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक तथा समाजसेवामा पनि मन लाग्नेछ ।
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

मिथुन
मिथुन राशि हुनेको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि हुने योग रहेको छ ।

कर्कट
शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह
सिंह राशिलाई आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

कन्या
काममा सफलता पाइने योग छ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

तुला
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ योग छ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।

वृश्चिक
व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

धनु
ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, अतः संयम रहनु होला ।

मकर
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ ।

कुम्भ
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

मीन
सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।आँटेको र ताकेको कार्य पुरा होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?