पोखरामा अनौठो दुर्घटना : बीच सडकमै बस ठाडै उभियो

दार्चुला । पोखरामा अनौठो दुर्घटना भएको छ । दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। लेखनाथस्थित आरुपाटाबाट पोखराका लागि छुटेको ग१ख ८६८० नम्बरको बस पोखरा महानगरपालिका–२७ अर्चलेमा दुर्घटना भएको हो।

घाइते हुनेहरुमा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कास्की प्रहरीका प्रवक्त प्रहरी नीरिक्षक सूर्यबहादुर रानाले जानकारी दिनुभयो।

बसमा अरू यात्रु नरहेको बुझिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?