दार्चुला । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना घाइते छन् । हिजो बेलुकीपख ५ बजेर ५० मिनेटमा हावाहुरी चल्दा रुख जरैबाट ढल्दा लु ८१ प ११३६ नम्बरको स्कुटरसहित उनीहरु च्यापिएका थिए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको हो ।

प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा उपचारकै क्रममा दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै सो घटनामा परी स्कुटर चालक तानसेन नगरपालिका वडानम्बर २ बडिज्ञान टोल बस्ने २० वर्षीय प्रथम शाही घाइते छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?