दार्चुलाको लालीबाट अत्यधिक रक्तश्राब भएपछि प्रसुति व्यथा लागेकी महिलाको हवाई उद्धार

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ लालीवाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । मकन्ना बस्ने ३६ वर्षीया हरिना देवी जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तरगत थप उपचारको लागी सुर्खेत लगिएको ईलाका प्रहरी कार्यालय लालीका प्रहरी निरीक्षक डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।

गयराती १२ बजेबाट लाली स्वास्थ्य चौंकिमा पुर्याइएकि जोशीलाइ रक्तश्राब (ब्लडिङ) को समस्या देखिएपछी गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो । प्रसुति व्यथाले च्यापेकी महिलासंगै, उहाका श्रीमान तुलादत्त जोशी र देवर पुष्पराज जोशी कुरुवाको रुपमा सुर्खेत गएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?