
दार्चुला । दार्चुलामा कोदोको बोराभित्र लागूऔषध चरेश फेला परेको छ। जिल्लाको महाकाली नगरपालिका १ श्रीबगर स्थित दार्चुला–तिंकर सडक खण्डबाट २ किलो ७०० ग्राम लागूऔषध चरेशसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ बस्ने २७ वर्षीय हर्कलाल रानालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।
चेकजाँच गर्दा रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ त १३१० नम्बरको ट्याक्टरको ट्रालीमा कोदोको बोराभित्र लुकाइ छिपाई राखेको अवस्थामा चरेश फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
सोधपुछ गर्दा उक्त सामान पठाउने ब्यक्ति दार्चुलाको ब्याँस गाउँपालिका–४ सुनसेरा बस्ने ५५ वर्षीय जयलाल कुँवर भनि खुलेपछि उनलाई समेत प्रक्राउ गरि चरेश र ट्याक्टरसहित दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।