दार्चुला । दार्चुलाको महाकाली नगरपालिका – ३ गारखुबाट बाजँ जादै गरेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ का ४० बर्षीय हरकसिंह नगालको ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।
बुधबार राती १० बजेतिर बाजँकै भुवन सिंह महराले चलाएको सुदूरपश्चिम प्रदेश ०२००२ त १५९२ नम्बरको ट्याक्टरबाट खसेर नगालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिहले जानकारी दिनुभयो ।
ट्याक्टर चालक महरालाइ प्रकाउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिहले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया