दार्चुला । भारतमा जारी नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेण्डसिप कप टी २० प्रतियोगिताअन्तर्गत उपाधिका लागि आज गुजरातसँग खेल्दैछ ।
खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरू हुनेछ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो ।
शुक्रबार सम्पन्न चौथो खेलमा भने प्रतियोगिताबाट बाहिरिएको बरोडासँग ३७ रनले नेपाल पराजित भएको थियो ।
गुजरातले बरोडालाई ५७ रन र पाँच विकेटले हराएर फाइनल खेल्न लागेको हो । नेपाली टोली एसीसी प्रिमियर कप र टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।
एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया