दार्चुला । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने २ बजे महराले शपथ लिने तयारी छ। शुक्रबार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महराले एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महराले मुख्यमन्त्री नियुक्त भएका थिए।
महराले सत्ता साझेदारबाट एक–एक जना समेटेर आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया