दार्चुला । आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको छ ।
आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रूपमा ट्वान्टी–२० विश्वकप आयोजना हुँदैछ । सो विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको जर्सी सोमबार सार्वजनिक भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उक्त जर्सी सार्वजनिक गर्नुभएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया