
दार्चुला । काठमाडौंको वायु प्रदूषणको स्तर आज अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान पौने ९ बजेसम्म नेपालको राजधानी काठमाण्डौ वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ । आईक्यू एयरकाअनुसार काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २ सय ४७ छ ।
त्यस्तै पाकिस्तानको लाहोरको २ सय ७ र भारतको नयाँदिल्लीको २ सय ३ एक्युआई छ । एक्युआई २ सय भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । आईक्यू एयरका अनुसार १५० सम्मको एक्युआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।
सुख्खायाम शुरु भएसँगै जङ्गल लागेको डढेलो, पर्याप्त वर्षा नहुनु, काठमाण्डौको धुलाम्मे सडक, फोहोर जलाउने लगायतका कारण नेपालमा प्रदूषण बढेको छ । वायु प्रदूषणले विभिन्न रोगको जोखिम बढाएसँगै अस्तालहरुमा बिरामीको सङ्ख्या पनि बढेको डाक्टरहरुले बताएका छन् । वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परेका छन् ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।