दार्चुला । डोल्पामा आगो निभाउने क्रममा गम्भिर घाइते भएका ३ जना सैनिकको मृत्यु भएको छ। दुनैको ठुलीभेरी नगरपालिका वडा नम्बर ४ तिप्लामष्टाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भिर घाइते भएका ४ जना सैनिकमध्ये ३ जनाको मृत्यु भएको हो ।

सोमवार जुम्लाको तातोपानी गाउँपालिका९४ स्थायी घर भइ देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको मृत्यु भएको थियो भने मंगलवार देविदत्त गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जम्दार केशव बहादुर दर्जा मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको उपचारका क्रममा मृत्यु भएको हो।

मगर र बुढाको उपचारका क्रममा मंगलवार दिउँसो काठमाडौँको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।

आइतवार भएको आगलागी निभाउने क्रममा घाइते भएका ४ जनामध्ये सोमवार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत आशिष बुढा र विजय कोइरालालाई नेपालगञ्जस्थित भेरी हस्पिटल पठाइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि घाइतेहरुलाई काठमाडौँ पठाइएको थियो।

उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

आइतवार लागेको आगो सोमवार पुनः सल्किएपछि देविदत्त गुल्म भदालेमा कार्यरत नेपाली सेनाका १६ जनाको टिम सोमवार विहान आगो निभाउन गएको थियो।
आगो निभाउने क्रममा घाइते भएका अरु १२ जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?