दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा व्यवसायीक रुपमा भेडाबाख्रा पालन गरिरहेका १४३ जना कृषकहरुलाई विभिन्न सामाग्री वितरण गरिएको छ ।

संघीय सरकारको शसर्त अनुदान कार्यक्रम अन्र्तरगत मासु प्रवद्धन कार्यक्रमा सहजताको लागि गाउँपालिकाभित्रका कृषकहरुलाइ नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी, गाउँपालिकाका प्रवक्ता राजेन्द्र बोहरा, वडा नम्बर ५ का वडा अध्यक्ष राम सिंह धामी लगायतले १४३ जना कृषकहरुलाइ १४३ थान लाइट, टेन्ट, कैँची, गम्बुट, सिल्पिङ व्याग र प्रत्येक वडाहरुमा दुई/दुई वटा थुमा वितरण गरिएको नौगाड गाउँपालिकाका कृषि शाखा प्रमुख प्रकाश सिंह धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?