भारतसंग सीमा जोडिएका नाकाहरु आजदेखि ७२ घण्टाका लागि सिल गरिने

दार्चुला । भारतसंग सिमा जोडिएका दार्चुलासहित सुदूरपश्चिमका विभिन्न जिल्लाका सिमानाका बैशाख ४ गते आज बेलुकी ६ बजे देखि बैशाख ७ गते सम्म बन्द गरिने भएको छ । छिमेकी राष्ट्र भारतको निर्वाचन आयोगको निर्धारित कार्यक्रम अनुसार उत्तराखण्ड राज्यमा लोक सभा निर्वाचन २०२४ लाई मध्यनजर गदैँ सिमानाका ३ दिनसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बैशाख ४ गते बेलुकी ६ बजेदेखी बैशाख ७ गते मतदान प्रक्रिया सम्पन्न नहुदाँ सम्मका लागि सिमानाकाहरु बन्द हुने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताउनुभयो ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका जिल्लाको सबै नाकाहरू ३ दिनका लागि बन्द गरिने बताइएको छ । दार्चुलामा भारतसँग सिमा जोडिएका लाली, बाकु, जोलजिवी, दत्तु, पुलघाट खलंगा, तिग्रम, बडूगाउँ, मलघट्टे र सितापुल नाका अत्यावश्कय काम बाहेक तीन दिन बन्द हुनेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?