दार्चुला । दार्चुला सदरमुकाम खंलगामा गयराती एक जना युवक माथी हसिया प्रहार भएको छ ।
व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङका सन्दिप भण्डारीमाथी महाकाली नगरपालिका –४ का १९ बर्षीय विजय निरौलाले हसिया प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार पश्चात थप उपचार र सिटि स्क्यानका लागि भारतीय अस्पताल पठाइएको उहाले बताउनुभयो ।हसिया प्रहार गरि फरार रहेका निरौलालाइ आज विहान जिल्ला सदरमुकाम खंलगाबाट नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया