दार्चुला । नेकपा (एमाले) दार्चुलाको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय स्कुल विभागको आयोजना, प्रदेश कमिटीको संयोजन र जिल्ला कमिटी दार्चुलाको व्यवस्थापनमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

वैशाख १७ गतेदेखि १९ गतेसम्म सञ्चालित जिल्ला स्तरीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरुका साथै पालिका कमिटी अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । सहभागीहरुलाई तीन दिनसम्म प्रशिक्षण दिएर परीक्षा समेत सञ्चालन गरिएको थियो । परीक्षामा सबै सहभागि उत्तिर्ण भएको नेकपा एमाले स्कुल विभाग दार्चुलाले जनाएको छ । नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय उपमहासचिव एबं केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।

केन्द्रीय उपमहासचिव एबं केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली मुख्य प्रशिक्षक रहनुभएको कार्यक्रममा, स्थायी कमिटी सदस्य एबं जनसंगठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावल, पोलिटब्युरो सदस्य एबं कैलाली इन्चार्ज गणेश सिंह ठगुन्ना, स्कुल विभाग सचिव घनश्याम कोइराला, स्कुल विभाग सदस्य सुन्दर लामिछाने, प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैसी, केन्द्रीय कमिटी सदस्य एबं दार्चुला इन्चार्ज सहदेब बोगटी लगायत प्रशिक्षक रहनुभएको थियो ।

प्रशिक्षण पाएपछि सहभागि नेता, कार्यकर्ता उत्साहित भएका छन् ।

सायद ७ जना मानिसहरू  र अध्ययन गरिरहेका मानिसहरू को फोटो हुनसक्छ

May be an image of 4 people, table, lighting and dais

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?