दार्चुला । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकतामा राखिएको छ । यस्तै रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा जोड दिइएको छ ।

यसैगरी बैंक वित्तीय संस्था र सहकारीका समस्या समाधान, कृषिमा लगानी दशक घोषणा, पाँच लाख भूमिहीनलाई जग्गा, एक हजार जना युवालाई ुस्टार्टअपु व्यवसाय गर्न सहुलियत कर्जा, बूढीगण्डकी र नलगाडको निर्माण, नेपालको आफ्नै भू–उपग्रह स्थापना, ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लगायत नीति तथा कार्यक्रममा समावेश छ ।

यस्तै सरकारले शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने भएको छ । आउँदो दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजार जनालाई रोजगारी दिने घोषणा पनि सरकारले गरेको छ ।

पूर्णपाठ हेर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?