दार्चुला । दार्चुलाका राजेन्द्र प्रसाद मिश्र कृषि तथा वन समूहबाट नेपाल सरकारको सचिव पदमा बढुवा हुनुभएको छ । विहिबार बसेको मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको हो । मन्त्रिपरिषदले कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको छ । यस्तै मधेश प्रदेशका कायममुकायम सचिव लोकनाथ पौड्याललाई पनि सचिवमा बढुवा गरेको सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयो ।
नेपाल सरकारको विशिष्ट श्रेणी सचिवमा बढुवा हुनुभएका मिश्र दार्चुलाको मालिकार्जुन गाउपालिका वडा नम्बर ८ पस्तीमा जन्मिनुभएको हो । मिश्रले कृषि क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव बटुल्नुभएको छ । मिश्र सचिवमा बढुवा भएको खबर पाएपछि अधिकासं दार्चुलाबासीले बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया