मालिकार्जुनमा प्रथम आध्यात्मिक सम्मेलन तथा योग प्रशिक्षण शिविर सुरु (फोटोफिचर)

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा प्रथम मालिकार्जुन आध्यात्मिक सम्मेलन तथा आवाशिय योग प्रशिक्षण शिविर सुरु भएको छ । मालिकार्जुन गाउँपालिकाको प्रयास, धार्मिक पर्यटन क्षेत्रको विकास भन्ने नाराका साथ मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री शैल्य मालिकार्जुन धाम मडमा प्रथम आध्यात्मिक सम्मेलन तथा आवासीय योग प्रशिक्षण शिविरको उद्वघाटन गरिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाको आयोजना, पतन्जली योग समिति दार्चुलाको सहजिकरणमा पुर्जी साधवी डाक्टर देवविजयले जेठ १२ गते सम्म साताव्यापी योग अभ्यास गराउने मालिकार्जुन गाउँपालिकाका बरिष्ठ बैद्य दिवाकर जोशीले बताउनुभयो । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षता तथा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री बिष्टको प्रमुख आतिथ्यतामा आज शिविरको उद्धघाटन गरिएको बताइएको छ ।

शिविरमा जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाद्यापक, पतन्जली योग समिति दार्चुलाका पदाधिकारी लगायतले योगअभ्यास गरिरहेको मालिकार्जुन गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्र सिंह धामीले बताउनुभयो ।

सायद ६ जना मानिसहरू, मन्दिर, मञ्च  र पाठ को फोटो हुनसक्छ

सायद ४ जना मानिसहरू, योग अभ्यास गरिरहेका मानिसहरू, मार्शल आर्ट्स कार्यसम्पादन गरिरहेका मानिसहरू  र 'Shot on OnePlus Powered by Triple Camera' भन्ने पाठ को फोटो हुनसक्छ

सायद ८ जना मानिसहरू, मन्दिर  र पाठ को फोटो हुनसक्छ

सायद ‎५ जना मानिसहरू, विवाह, मञ्च, मन्दिर  र ‎'‎Shot תס Shoton_OnePlus OnePlus Powered by Triple មញ‎' भन्ने पाठ‎‎ को फोटो हुनसक्छ

सायद ६ जना मानिसहरू, योग अभ्यास गरिरहेका मानिसहरू, मन्दिर  र 'ክክ AAWИEЛblb Shot on Shoton"OnePlus OnePlus Powered by Triple PoweredbyTripleCamera Camera' भन्ने पाठ को फोटो हुनसक्छ

तस्बिर सौजन्यः रामसिंह धामी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?