
दार्चला । सामाजिक सुरक्षामा आवद्ध नेपालीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या पछिल्लो एक वर्षमा साढे ५ प्रतिशतले वृद्धि भएको हो।
गत फागुनसम्म यो संख्या ३८ लाख २७७ पुगेको छ। गत वर्ष सामाजिक सुरक्षामा आबद्धको संख्या ३७ लाख ६ हजार ३२७ थियो । हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार पनि बढेको छ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।