आज नेपालले क्यानडासँग पहिलो वार्मअप खेल खेल्दै

दार्चुला । आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दैछ। नेपाल र क्यानडाबीचको खेल आज राति सवा नौं बजे अमेरिकाको डलासमा सुरु हुनेछ।

दुवै टोली वार्मअपमा जित निकालेर विश्वकपअघि राम्रो लयमा देखिन चाहन्छन्। क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास म्याच खेलेको थियो।

नेपालले उक्त अभ्यास खेलमा दुवै खेल जितेको थियो।। हालसम्म नेपाल र क्यानडाले एक टी–२० आईमा एकअर्काको सामना गरेका छन्। जसमा नेपाल विजयी भएको छ।

यी दुई टिमले पहिलोपटक २१ फेब्रुअरी २०२२ मा टी–२० आई खेलेका थिए, जसमा नेपाल ८ विकेटले विजयी भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?