दार्चुला । दार्चुलाका एक पुरुष बैतडीमा मृत अवस्थामा फेला परेका छन्। बैतडीको डिलासैनि गाउँपालिका–६ बाङ्गाबगर स्थित सतबाँज गोकुले सडक खण्डबाट अन्दाजी २० मिटर टाढा दार्चुलाको लेकम गाउँपालिका–१ बित्थड बस्ने ५५ वर्षीय तिखुरे खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले जानकारी दिनुभयो ।
खत्री पानीको खाल्टोमा मृत अवस्थामा फेला परेको गिरीले बताउनुभयो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया