जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेपछि दार्चुलाका एक युवा पक्राउ, अनुसन्धान हुँदै

दार्चुला । जबरजस्तीकरणी गरेको भन्दै किटानी जाहेरी परेपछि प्रहरीले दार्चुलाका एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ सकनतडका अन्दाजी २३ वर्षीय हरेन्द्र साउँद रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

साउँदले गत साता दार्चुलाकै एक नाबालिकालाई गोकुलेश्वरमा जबरजस्तीकरणी (बालात्कार) गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दार्चुलामा किटानी जाहेरी गरेका थिए । आरोपित साउँदलाई कञ्चनपुरबाट पक्राउ गरेर दार्चुला ल्याइएको छ । अदालतबाट म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?