दार्चुला । छ महिना पहिले झण्डै ३० लाख रिणमा जिप (गाडी) किनेका दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ अम्कुर बस्ने ३१ वर्षीय लवदेब बोहरालाई विपद् माथि विपद् आइलागेको छ । २०८० मंसिर २८ गते रिणमा जिप किनेको चार महिनामै पहिलोपल्ट चैत १ गते चौपातामा दुर्घटना भयो, उहाँले भन्नुभयो, दुर्घटनाग्रस्त जिप मर्मतमा करिब १० लाख खर्च भयो । जिप मर्मत गरेर आएको एक हप्तापछि बिमा बनाउनका लागि धनगढी जादै गर्दा डोटीको बुडर नजिक ठूलो दुर्घटना भयो ।
जेठ २४ गतेका दिन चालकसहित ९ जना सवार उक्त जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भयो भने ७ जना घाईते भए । घाइते ७ जनामध्ये १ जना आइसियुमा हुनुहुन्छ । अस्पतालको बिल लाखौँ पुगिसक्यो, जिपधनी बोहराले भन्नुभयो, अस्पतालको बिल तिर्न पैसा नभएर उपचार भइसकेकालाई समेत डिस्चार्ज गर्न सकिएको छैन् । मृतकको परिवारलाई क्षतिपुर्ति कहाँबाट दिने रिण समेत पाइरहेको छैन् । त्यसैले मृतकलाई क्षतिपुर्ति दिन, उपचाररत घाइतेलाई डिस्चार्ज गर्न सहयोग गरिन सबैलाई अनुरोध गरिरहेको उहाँको भनाई छ ।
ठूलो विपत्ती आइलागेकोले सहयोग गर्न उहाँले सबैलाई अपिल गरिरहनुभएको छ । केही मनकारी व्यक्तिहरुले सहयोग गर्न थालेका छन, उहाँले भन्नुभयो, सानो ठूलो सकेको सहयोग गरी मलाई यो विपत्तीको घडीबाट बचाउनुहोस् ।
आर्थिक सहयोगका लागि तपसिलको मोबाइल नम्बर र बैंक खाता नम्बर प्रयोग गर्न सकिने बोहराले बताउनुभएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया