दार्चुला । दार्चुलाका दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी ९ वटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । दार्चुलाका ९ वटै पालिकाको कुल बजेट चार अर्ब २८ करोड ७० लाख ७८ हजार रुपियाँ सार्वजनिक गरिएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको महाकाली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६६ करोड ९९ लाख ५८ हजार रुपियाँको बजेट ल्याएको छ । यस्तै शैल्यशिखर नगरपालिकाले ६० करोड ७४ लाख ४ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । मालिकार्जुन गाउँपालिकाले ५७ करोड ९१ लाख ७४, मार्मा गाउँपालिकाले ५१ करोड ५५ लाख ९१ हजार, लेकम गाउँपालिकाले ४७ करोड ९३ लाख ३६ हजार रुपियाँको बजेट ल्याएका छन् । यस्तै नौगाड गाउँपालिकाले ४१ करोड ४६ लाख ५८ हजार रुपियाँ, व्याँस गाउँपालिकाले ३७ करोड ९५ लाख १४ हजार रुपियाँ, दुहुँ गाउँपालिकाले ३३ करोड ८ लाख २९ हजार रुपियाँ र अपिहिमाल गाउँपालिकाले ३१ करोड ६ लाख १४ हजार रुपियाँको बजेट तथा आयव्यय सार्वजनिक गरेका छन् ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था अनुसार दार्चुलाका सबै स्थानीय तहले बजेट १० गतेभित्रै सार्वजनिक गरेको जनाएका छन् । स्थानीय तहमा भौतिक, आर्थिक, सामाजिक, वन, वातावरण तथा विपद् र सुशासन तथा संस्थागत विकास सबै क्षेत्रलाई समेटेर नीति, कार्यक्रम तथा बजेट ल्याइएको बताइएको छ । अधिकांश स्थानीय तहले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति सार्वजनिक गरेका छन् । पालिकाहरुमा लक्ष्य अनुसार आन्तरिक आय संकलन नहुदा बजेटमा आन्तरिक श्रोतको हिस्सा भने न्यून रहेको छ । केन्द्र सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदानको आधारमा बजेट निर्माण गरिएको छ ।

माथिको बजेटमा केन्द्र र प्रदेश सरकार अन्तरगत मन्त्रालयहरुबाट प्राप्त योजना, कार्यक्रमहरु र सामाजिक सुरक्षा लगायतको बजेट पालिकाहरुमा थप कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?