मनसुन थप सक्रिय, केही दिन ठूलो वर्षाको सम्भावना

दार्चुला । मनसुन थप सक्रिय भएको छ । देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ ।

पर्सि आइतवारसम्म देशका धेरै ठाउँमा वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात नेपाल नजिक अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही ठाउँ, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा मधेस र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका एक–दुई ठाउँमा भने धेरै ठूलो वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?