दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकप क्रिकेटको उपाधि भारतलाई, रोहित र विराटले लिए सन्यास

दार्चुला । भारतले आईसीसी टी–२० विश्वकप क्रिकेट सन् २०२४ को उपाधि जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले दोस्रोपटक उपाधि जितेको छ । भारतले यसअघि सन् २००७ मा पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो ।

भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । ओपनर विराट कोहलीलेसर्वाधिक ७६ रन बनाए । दक्षिण अफ्रिकाका केशव महराजा र एनरिर्च नोर्ट्जेले दुई–दुई विकेट लिए । सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा पुगेका थिए ।

रोहित शर्मा र विराट कोहलीले लिए सन्यास
टी–२० विश्वकप उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । फाइनल खेलपछिको पत्रकार सम्मेलनमा कप्तान शर्माले यो विदा लिने उपयुक्त समय भएको बताए ।

यसअघि सन् २००७ मा भएको टी–२० विश्वकपको पहिलो संस्करणमा भारत च्याम्पियन बन्दा पनि रोहित शर्मा टोलीका सदस्य थिए । सन् २०११ मा एक दिवसिय विश्वकपको उपाधि जित्दा टोलीको सदस्य रहेका पूर्व कप्तान विराट कोहलीको भने यो पहिलो टी–२० विश्वकप उपाधि हो । हिजो भारतलाई टी–२० विश्वकप उपाधि जिताउने क्रममा कोहली प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?