दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले जग्गा बर्गिकरण कार्य गरेको छ । भू उपयोग ऐन २०४६ र भू उपयोग नियमावली २०७९ (संशोधन सहित) अनुसार नौगाड गाउँपालिकाको स्थानीय भू उपयोग परिषदको २०८१ असार १४ गतेको वैठकले कित्ता विवरण स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिकाको भू उपयोग क्षेत्र अनुसारको कित्ता विवरण २०८१ स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ । नौगाड गाउँपालिका (साविक इयरकोट, खार, सिप्टी र धुलिगाडा गाविस) को भू उपयोग क्षेत्र अनुसारको कित्ता विवरण नौगाड गाउँपालिकाले जिल्लास्थित मालपोत कार्यालय र नापी कार्यालयलाई समेत पठाएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताउनुभयो ।

साथै रोक्का रहेको कित्ताकाट लगायतको जग्गा प्रशासन सम्बन्धि कार्य खुल्ला गरिदिन समेत मालपोत र नापी कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?