भारतको धौलीगंगा बाँध पुनः खोलिँदै, सतर्कता अपनाउन आग्रह

दार्चुला । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध दोस्रो पटक पुनः खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म धौलिगंगाको बाँध खोलिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।

भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाब बढ्ने भन्दै दार्चुला प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

भारतले बर्खाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ । यसअघि भारतले गएको शनिबार १५ गते ६ बजेदेखि १६ गते आइतबार बेलुका ६ बजेसम्म पहिलो पटक बाँधका ढोका खोलेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?