दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाभित्र गर्भवती आमाहरुलाई कोसेली वितरण गरिएको छ । उपमेयर संग दिदीवहिनी कार्यक्रम अन्तरगत गर्भवती स्याहार कोसेली वितरण भइरहेको शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ति खडायतले जानकारी दिनुभयो ।

गर्भवती सुरक्षामा सचेतना बढाउनुका साथै घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका बिषयमा घरपरिवारका सदस्यहरुलाई जागरुक गराउने उद्देश्यसहित उपमेयर संग दिदीवहिनी कार्यक्रम अन्तरगत गर्भवती स्याहार कोसेली तथा ‘उपमेयरको कोसेली’ वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अझै पनि हाम्रो समुदायमा विभिन्न कारणले गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा दिने चलन कम छ । नगरपालिकाले वितरण गरेको कोसेलीबाट घरपरिवारका सदस्यहरु पनि जागरुक हुन् भनेर नगरपालिकामार्फत यो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।

शैल्यशिखर नगरपालिकाका ९ वटै वडाका स्वास्थ्य संस्थामा भएको तथ्यांक अनुसार नगरभरीका सबै गर्भवती महिलाहरुलाई उपमेयरको कोसेली वितरण भइरहेको नगरपालिकाका खरिदार मनोरथ जोशीले बताउनुभयो । ‘उपमेयरको कोसेली’ भित्र एउटा झोलाका साथै आयोडिन नुन, ज्वानो, कलकेट ब्रस, बेबि टावल, खाने तेल, डिटल र जनसन बेबि साबुन लगायत खाद्य र सरसफाइका सामाग्री राखिएको छ ।

गर्भवती र सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो बिषयमा जानकारी दिन कोसेलीले महत्वपूर्ण योगदान पुर्याउने स्वास्थ्य शाखा प्रमुख शिवदत्त जोशीले बताउनुभयो । शैल्यशिखरका नौँ वटै वडामा ‘उपमेयरको कोसेली’ पठाएर गर्भवती आमाहरुलाई वितरण कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?