दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले करार कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिका अन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालयहरु र नगरकार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुको करार सेवा अवधी नथप्ने निर्णय भएको जनाएको छ ।
करारमा कार्यरत कर्मचारीहरुको २०८१ साउन १ गतेदेखि लागू हुने गरी म्याद थप नगर्ने निर्णय नगर कार्यपालिका र नगरसभाले गरेको बताइएको छ । सम्बन्धित करार कर्मचारीलाई साउन १ गते (आज) देखि कामकाजमा नलगाउन नगरपालिकासहित सबै वडा, स्वास्थ्य संस्था, विद्यालयलाई पत्राचार गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया