शैल्यशिखर धाममा शनिबार पुजन जात्रा लाग्दै, मालिकार्जुन क्षेत्रमा भक्तजनको भिड

दार्चुला । दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल तथा देशकै सात धाम मध्येको एक मालिकार्जुन धाममा शनिबार पुजन जात्रा लाग्ने भएको छ । प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथिमा लाग्ने जात्रा यो वर्ष साउन ५ गते गते लाग्ने भएको हो ।

लेकम गर्खाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कार्तिक शुक्ल त्रयोदशी तिथिमा शिखर पुजन जात्रा लाग्ने गर्दछ । शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अघि देखि नै चोखो खाना तथा दैनिक नुहाएर ब्रत बसी दर्शन गर्ने प्रचलन रहेको छ । शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन अर्थात शिव–पार्वतीको मुख्य बाँसस्थान रहेको बताइन्छ । शिखर पुजन जात्रामा दर्शन गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ ।

शिखर धामको दर्शन गरेमा मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहीआएको मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनकसिंह धामीले बताउनुभयो । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ भण्डारी घर देखि सुरु हुने शिखर पुजना जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ ।

शिखर धामको दर्शन गर्न बिहिबारदेखि नै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा उत्तराखण्ड भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु मालिकार्जुन पुगेका छन । मालिकार्जुन क्षेत्रमा शुक्रबार भक्तजनहरुको भिड लागेको छ । बर्षेनि हजारौ श्रद्धालु भक्तजनले पुजनजात्रामा शिखर धामको दर्शन गर्ने गरेको सचिव धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?