दार्चुलाका पालिकाहरुमा गत वर्ष प्राप्त बजेटमध्ये १५ करोड ८० लाख खर्च नगरेर फिर्ता

दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहबाट गत आर्थिक वर्ष २०८०/८१ मा खर्च हुन नसकेर संघ र प्रदेशबाट प्राप्त भएको १५ करोड ८० लाख भन्दा बढी रकम फिर्ता भएको पाइएको छ । गत आर्थिक वर्षमा दार्चुलाका स्थानीय तहमा संघ र प्रदेश बाट प्राप्त भएको कुल ४ अर्ब १४ करोड ९१ लाख १० हजार बजेट मध्ये ३ अर्ब ६३ करोड ९९ लाख १७ हजार रुपैयाँ खर्च भएको छ । खर्च नगरेर वा खर्च हुन नसकेर १५ करोड ८० लाख १ हजार ५२ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका प्रमुख भूपालसिंह कार्कीले जानकारी दिनुभयो ।

दार्चुलाको महाकाली नगरपालिकामा संघ र प्रदेश सरकारबाट कुल ५७ करोड ७४ लाख ९६ हजार बजेट प्राप्त भएकोमा २ करोड ५६ लाख ९० हजार ९ रुपैयाँ खर्च नभएर फिर्ता गएको छ । यस्तै शैल्यशिखर नगरपालिकामा कुल ५८ करोड ९६ लाख ६३ हजार बजेट प्राप्त भएकोमा खर्च हुन नसकेर १ करोड १८ लाख ९७ हजार ३० रुपैयाँ फिर्ता भएको छ ।

अपिहिमाल गाउँपालिकामा ३२ करोड १८ लाख ६६ हजार बजेट प्राप्त भएकोमा १ करोड ८४ लाख ९२ हजार ९३० रुपैयाँ फिर्ता भएको छ । यस्तै दुहँु गाउँपालिकामा ३८ करोड ७५ लाख ३ हजार बजेट प्राप्त भएकोमा ४९ लाख २० हजार ५६९ रुपैयाँ फिर्ता भएको छ । नौगाड गाउँपालिकामा ४१ करोड ८० लाख ४ हजार बजेट प्राप्त भएकोमा ६८ लाख १७ हजार ६७९ फिर्ता भएको छ । मार्मा गाउँपालिकामा कुल ४२ करोड ८३ लाख २३ हजार बजेट प्राप्त भएकोमा १ करोड ८ लाख ८७ हजार रुपैयाँ फिर्ता भएको छ ।

मालिकार्जुन गाउँपालिकामा ५१ करोड ५२ लाख ४ हजार बजेट प्राप्त भएकोमा २ करोड ९७ लाख १७ हजार ७३८ रुपैयाँ फिर्ता भएको छ । लेकम गाउँपालिकामा ५० करोड ८० लाख ७९ हजार बजेट प्राप्त भएकोमा ३ करोड ७ लाख ११ हजार ८०३ रुपैयाँ फिर्ता भएको छ । व्याँस गाउँपालिकामा कुल ४० करोड २८ लाख ९ हजार बजेट प्राप्त भएकोमा १ करोड ८८ लाख ६७ हजार २१४ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ ।

नौँ वटै स्थानीय तहको गरी कुल १५ करोड ८० लाख १ हजार ५२ रुपैयाँ खर्च नभएर संघ र प्रदेशको बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी दिपक प्रसाद भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?