दुर्गादत्त मिश्र, दार्चुला । मालपोत कार्यालय दार्चुलाले गत आर्थिक बर्ष २०८०।८१ मा एक करोड ६ लाख ६६ हजार ५७० रुपैयाँ मालपोत (कर) रकम संकलन गरेको छ । कार्यालयले उठाउने विभिन्न शिर्षक अन्र्तरगत उक्त रकम संकलन गरेको मालपोत कार्यालय दार्चुलाका प्रमुख लक्ष्मीराज बिष्टले जानकारी दिनुभयो ।
रजिष्टेसन शुल्क बाफत ७४ लाख २४ हजार १०६ रुपैयाँ, सेवा शुल्क अन्र्तरगत २ लाख ६२ हजार ८ सय रुपैयाँ, विविध शुःल्क अन्र्तरगत १० लाख ६१ हजार ५१० रुपैयाँ, पुजिगत लाभ कर अन्र्तरगत १९ लाख १८ हजार १५५ रुपैयाँ गरी कुल १ करोड ६ लाख ६६ हजार ५७० रुपैयाँ मालपोत (कर) संकलन गरिएको बिष्टले बताउनुभयो । मालपोत कार्यालयले तोकिएका बिभिन्न शिर्षकहरुमा वार्षिक रुपमा मालपोत (कर) संकलन गर्ने गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया