त्रिभुवन विमानस्थलमा १९ जना सवार सौर्य एअरलाइन्सको जहाज दुर्घटना, क्याप्टेनको जीवितै उद्धार

दार्चुला । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । जहाजमा आगो लागेको छ । विमानस्थलमा धुवाँ उडिरहेको देखिन्छ ।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई जीवितै उद्धार गरेर अस्पताल लगिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन एएमई जहाजमा १९ जना यात्रारत थिए । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ ।

दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?